धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी ,आफ्ना समर्थक उक्साएर माओवादी कार्यकर्ता कुटाएको आरोप

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

धरान ११ स्थित नगरकोट–बानडाँडा सडक र ड्रेन निर्माणको विवाद मिलाउन पुगेका नगरप्रमुख हर्कराज सम्पाङ र स्थानीय सन्तोष लिम्बूबीच झगडा भएको थियो । यसैक्रममा लिम्बूले नगरप्रमुख साम्पाङ, वडा अध्यक्ष लोकेन्द्र फागो र जोन लिम्बू (चङ्खे) विरुद्ध धरान प्रहरीमा उजुरी दर्ता गरेका छन्।

Seti Hospital

प्रदेश सरकारले नगरकोट–बानडाँडा सडक स्तरोन्नतिका लागि गरेको २० लाख रुपैयाँ विनियोजन यस वर्ष केही क्षेत्रमा मात्र खर्च हुने भएपछि विवाद सुरु भएको थियो । विवाद समाधानका लागि नगरप्रमुख सम्पाङ मङ्गलवार निर्माणस्थल पुगेका थिए । त्यसबेला सम्पाङ र लिम्बूबीच विवाद भएको थियो ।

दुईबीचको विवादका बीच साम्पाङका समर्थक जोन लिम्बूले सन्तोष लिम्बूमाथि हातपात गरेको आरोप छ । घटनाक्रममा नगरप्रमुखले समर्थकको हिंसात्मक व्यवहारप्रति मौन रहेको लिम्बूले उजुरीमा उल्लेख गरेका छन्।

नगरकोट टोल विकास संस्थाका अध्यक्ष तथा माओवादी कार्यकर्ता सन्तोष लिम्बूले मेयरको अगाडि नै उनका समर्थकले आफूमाथि कुटपिट प्रयास गरेको भन्दै कानूनी कारबाहीको माग गरेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार