‘म डिएसपी हुँ’ भन्दै पैसा नतिरी रेष्टुरेन्टमा हंगामा गर्ने व्यक्ति पक्राउ

काठमाडौं : कास्कीको पोखरा महानगरपालिका-८, सृजनाचोकस्थित ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा आफूलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) भनेर चिनाउँदै अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८२ साल वैशाख ७ गते राति करिब १० बजे, बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेलले उक्त रेष्टुरेन्टमा खाना अर्डर गरी खाएपछि आफू उच्च प्रहरी अधिकृत भएको दाबी गर्दै बिल तिर्न अस्वीकार गरे । उनले काउन्टरमा कार्यरत कर्मचारीलाई धम्की दिँदै असभ्य व्यवहार समेत गरेका थिए ।

Seti Hospital

घटनाको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पौडेललाई तत्काल नियन्त्रणमा लिएको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माका अनुसार, पौडेलमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार