संस्कार क्रिकेट लिगः युथ टीकापुर र नारायण क्लब फाइनलमा

धनगढीः धनगढीमा जारी टिम ११औँ संस्कारको क्रिकेट लिग प्रतियोगिताको फाइनलमा नारायण स्पोर्टस् क्लब कञ्चनपुर र युथ अफ टीकापुर कैलालीबीच प्रतिस्पर्धा हुने भएको छ।

सोमवार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी धनगढीलाई चार विकेटले पराजित गर्दै नारायण स्पोर्टस् क्लबले फाइनल यात्रा तय गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नारायण क्लबले २० ओभर खेल्दै छ विकेटको क्षतिमा दुई सय १४ रन जोडेको थियो। दुई सय १५ रनको लक्ष्य पछ्याएको वेष्ट्रन एकेडेमी १७ दशमलव पाँच ओभरमा अल आउट हुँदै एक सय १९ रनमा समेटिन पुग्यो। 

Seti Hospital

सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा सायल गाउँपालिका डोटीलाई पराजित गर्दै युथ टीकापुर फाइनलमा प्रवेश गरेको छ। सायलले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको टीकापुरले १५ दशमलव तीन ओभरमा पूरा गर्दै फाइनलका लागि स्थान पक्का गरेको हो। 

प्रतियोगिता विजेता टोलीले नगद एक लाख ११ हजार १११ सहित ट्रफी प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५५५ सहित ट्रफि प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ बजे सुरु हुनेछ। गत चैत ३० गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टिम सहभागी छन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार