धनगढी । समता स्कुलको भवन निर्माण गर्न चैतन्य पाठशालाले सहयोग गरेको छ । पाठशालाले अत्तरियाको समता स्कुललाई भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।
आर्थिक सहयोगस्वरुप चैतन्य पाठशालाले स्कुललाई ५० हजार रुपैयाँ सहयोग गरेको चैतन्य पाठशालाले जनाएको छ ।
५० हजार रुपैयाँको चेक चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले हस्तान्तरण गरेका थिए ।
सामाजिक उत्तरदायित्व बहन गर्दै चैतन्य पाठशालाले समता स्कुललाई सहयोग गरेको पाठशालाले जनाएको छ । उक्त सहयोगले स्कुलको भवन निर्माणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । चैतन्य पाठशालाले विभिन्न समयमा विभिन्न सामाजिक कार्यमा पनि भूमिका खेल्दै आएको छ ।
प्रतिक्रिया दनुहोस्