आन्दोलनमा घुसपेठ भएको भन्दै एक व्यक्तिमाथि हातपात

काठमाडौँ : शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै आन्दोलनकारीले एक व्यक्तिलाई हातपात गरेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित आर्कब्रिजको सडकमा आफूलाई अभिभावक बताउने सरोज महतमाथि हातपात भएको हो ।

Seti Hospital

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ ।

उनी आन्दोलनमा घुसेपछि लफडा भएको हो । प्रहरीले उनलाई बाहिर निकाल्न खेज्दा घुसपेठ रहेको भन्दै शिक्षकको एक समूहले महतमाथि हातपात गरेको हो ।

महतले भने आफ्नो छोरीको भर्ना हुन नपाएपछि शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्न आएको बताएका छन् ।

भिडिओमा उनले आफूलाई ललितपुरको गोदावरीस्थित सरस्वती माध्यमिक विद्यालयका अभिभावक बताएका छन् । उनले आफ्नो घर गोदावरी नगरपालिका वडा नं. ५ बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार