हर्क साम्पाङले बाउ ठीक रैन छ, पार्टी ठीक रैन छ भनेपछी रेनु दाहाल भन्छिन् : त्यस्तालाई भाउ दिनुहुन्न

धनगढी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उनका समर्थकहरुले यतिबेला भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चर्को विरोध गरिरहेका छन् । जनप्रतिनिधिको मर्यादाविपरित अराजक स्टन्टमा रमाउने र फेसबुकमा घण्टैपिच्छे अन्टसण्ट लेखेर मिडिया ट्रायल गरिरहने साम्पाङले ‘तिम्रो बाउ ठीक छैनन्’ भन्दै रेणुलाई कटाक्ष गरेका हुन् । कतिसम्म भने साम्पाङका समर्थकहरु गालीगलौजमा उत्रिएका छन् ।

मुलुकका दुई स्थानीय तहका जनप्रतिनिधिबीच यसरी खुलेयाम ‘डिजिटल वार’ किन चलिरहेको छ ? कारण खोज्दै जाँदा पत्रकार ऋषि धमलाले सोधेको एउटा प्रश्र जोडिन्छ । 

Seti Hospital

मेयर दाहालले केही दिनअघि धमलालाई दिएको अन्तर्वार्तामा ‘नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने मन छैन ?’ भन्ने प्रश्नको जवाफ दिन नपाउँदै धमलाले अर्को प्रश्न तेर्साएका थिए ‘कुन छान्नु हुन्छ ? पूर्व सभामुख ओनसरी घर्ती कि परराष्ट्रमन्त्री डा. आरजू राणा ?’

जवाफमा उनी ‘ओनसरी घर्ती’ भन्छिन् । त्यसपछि फेरि धमला सोध्छन्, ‘जनार्दन शर्मा कि वर्षमान पुन अनन्त ?’ 
‘दुवै ।’
‘माधव नेपाल कि बाबुराम भट्टराई ?’
‘माधव नेपाल ।’ 
‘बालेन साह कि हर्क साम्पाङ ?’ 

‘बालेन ।’ 
‘किन ?’
‘उहाँको केही भिजन देखिन्छ, अहिले त्यो प्रयास गरिरहेको जस्तो पनि लाग्छ । हर्कजी चाहीँ भिजिनरीभन्दा पनि श्रम, श्रम भन्ने, साना कुरामा मात्रै अल्झिएको लाग्छ, मेयरको हैसियत भएर जे काम गर्नुपर्ने, योजना, नीतिका कुरा, त्यो गर्न नसकेको लाग्छ ।’

सायद दाहालको उक्त अभिव्यक्ति साम्पाङलाई मन परेन । र उनले फेसबुकमा लेखिहाले, ‘रेणु दहालले मलाई ठूला योजना गर्नुपथ्र्यो भनेर भनेछ ! रेणुजी तपाइको बाउ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ? बाउ ठीक रैन छ, पार्टी ठीक रैन छ, एयरपोर्ट मागेको तपाईंकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाईंकै बाउ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! तपाईको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफैं आएर गर्नुपर्ला त्यो ठाउँमा भन्दैछु ।’

यो सबै पृष्ठभूमि दुई मेयरबीचको पुरानो तिक्तता अहिले प्रकट भएको कतिपयको बुझाई छ । तर मेयर दाहाल भन्छिन्, ‘एक पटक सिंहदरबारमा जम्काभेट भएको थियो, फोटो पनि खिच्यौँ, त्यसबाहेक हामी साथी पनि हैनौं, विरोधी पनि हैनौ।’

साम्पाङको खण्डनलाई आफूले भाउ नदिएको पनि उनले सुनाइन् । ‘अलिअलि फेसकुबमा देखिहाल्छ, तर त्यस्तालाई भाउ दिनुहुन्न क्या !’, उनले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार