१३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गर्ने बाबु पक्राउ

काठमाडौँ : मकवानपुरको थाहामा आफ्नै नाबालिक छोरीलाई जबर्जस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्।आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका वडा नम्बर १ कुन्छालका ३६ वर्षीय पुरुषलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

ती पुरुषले आफ्नै छोरीलाई गत २८ चैतमा फकाई घरदेखी अन्दाजी ३/४ किलोमिटर पश्चिमतर्फ रहेको जंगलमा लगि जबर्जस्ती करणी गरेका थिए ।पीडित बालिकाले घटनाको बारेमा इलाका प्रहरी कार्यलयमा जाहेरी दिएपछि प्रहरी निरीक्षक सबिन बाबु अर्यालको नेतृत्वमा खटीएको प्रहरी टोलिले ती पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

Galaxy

पीडित बालिकाको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको छ । यस्तै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार