धनगढी : ५८ वर्षको उमेरमा ४६ वर्षीया महिलासँग विवाह गरेको २ महिनापछि हत्या ।
काठ्माण्डौं शंकरापुर- ९ को घटना हो यो ।५८ वर्षीय पदमबहादुर तामाङले २ महिनाअघि विवाह गरेकी ४५ वर्षीया माइती तामाङको गए राति हत्या गरेका छन् ।
हत्यापछि पदमबहादुर फरार छन् । रामेछापको खाँडादेवी-७ उनको स्थायी ठेगाना हो ।उनीहरू त्यहाँ कृषिकार्य गरी जीविकोपार्जन गर्थे । मृतक माइली राति पूर्वपति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् ।
राति साढे ९ बजे पदमबहादुरले पत्नीमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बच्चा गम्भीर घाइते छन् । एक ११ र अर्को १० वर्षका उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
पदमबहादुरले पत्नी आफूसँग सुत्न नआएको झोकमा हत्या गरेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दनुहोस्