२४ बर्षपछी अछामको कमलबजार विमानस्थल सञ्चालनमा,सुरु भयो व्यावसायिक उडान

अछाम । २४ बर्षपछी अछामको कमलबजार विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् । 

Seti Hospital

कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले ग्राभेल मात्रै भएको विमानस्थलमा नै सातामा एक दिन २५ मिनेटको हवाई दूरीमा रहेको नेपालगन्जसम्म उडान गरिने जानकारी दिए । 

विमानस्थल नियमित सञ्चालनका लागि आर्थिक समस्या पर्ने भएकाले कमलबजार विमानस्थलबाट लाभ लिनसक्ने अन्य पाँच स्थानीय तहले आर्थिक सहयोग गर्ने सम्झौता पनि भइसकेको उनले बताए । 

विमानस्थल निर्माणको काम ०४९ सालदेखि सुरु भएको थियो । तत्कालीन विद्रोही माओवादीको आक्रमणमा २०५८ सालमा उक्त विमानस्थल ध्वस्त भएको थियो । 

त्यसपछि लामो समयसम्म गौचरणमा परिणत विमानस्थल स्तरोन्निका लागि संघीय सरकारले डेढ करोड खर्च गरेको छ । विमानस्थलमा गत पुस १३ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार