धनगढीमा ६ दिने टिभिएस महा एक्स्चेन्ज मेला सुरु

धनगढी : कैलालीको धनगढीमा आजदेखि टिभिएस महा एक्स्चेन्ज मेला सुरु भएको छ।

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रालिको धनगढी र अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सको आयोजनामा धनगढीमा टिभिएस महा एक्स्चेन्ज मेला सुरु गरेको हो। सुदूरपश्चिमको अहिलेसम्मकै सबै भन्दा ठूलो टिभिएस मेला कम्पनीले बताएको छ। २०८२ वैशाख ७ गतेदेखि १२ गतेसम्म मेला सञ्चालन हुने छ।

Seti Hospital

धनगढीको कबड हलको उत्तर तिर सञ्चालन हुने एक्स्चेन्ज मेलामा बजारको बढ्दो मागलाई मध्येनजर गर्दै विभिन्न स्किमको व्यवस्था समेत गरिएको छ। मेलामा एक लाखसम्मको नगद छुट छ भने ३० हजार न्यूनतम ग्यारेन्टी मुल्याँकन रहेको जगदम्बा मोटर्सका सेल्स हेड धनिराम भुसालले बताए।

मेलाको ६ दिनको अवधिमा खरिद गर्ने ग्राहकले मध्यनजर गरेर नागरिकता र सवारी चालक अनुमतिपत्रको भरमा पनि मोटरसाइकल खरिद गर्न सक्ने छन्। टिभिएस सुदूरपश्चिम प्रदेशमा सर्वाधिक रुचाइएको ब्रान्ड रहेको कम्पनीले बताएको छ। हाल नेपालमा सर्वाधिक बिक्री दर भएको र धेरै रेन्ज भएको मोटरसाइकल कम्पनीमा पनि टिभिएस पर्छ।

यस्तै मेला लन्चको भिडियोलाई सेयर गरि धेरै लाइक तथा कमेन्ट आउने तीन जना भाग्यशाली बिजेतालाई मेला सकिएको अन्तिम दिन आकर्षक उपहार दिइने बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए। टिभिएसले लाइफ टाइम वारेन्टी प्रदान गर्ने देशमा नेपाल मात्रै रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार