धनगढी । नेपाल निजामती कर्मचारी संगठन कैलालीले स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
आइतबार परेको ३५औँ स्थापना दिवसको अवसरमा निजामती कर्मचारी संगठनले धनगढी उपमहानगरपालिका–१५ को उर्मामा रहेको समैजी आधारभूत विद्यालयमा शुभकामना आदानप्रदान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
संगठनका सचिव तारामान रावलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोलासहितका शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिए । संगठनका अध्यक्ष खकेन्द्र रावलको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगाना रहेका थिए ।
कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य गणेश पनेरु, लक्ष्मणराज जोशी, निवर्तमान केन्द्रीय सदस्य श्यामप्रसाद जोशी, प्रदेश कमिटी उपाध्यक्ष बालकृष्ण जोशी, महासचिव धर्मराज चौधरी रहेका थिए ।
संगठनका सचिव तारामान रावलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अरुण जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कर्मचारी संगठनका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थी गरेर दुई सय बढि विद्यार्थी सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा समेत गरेको संगठनका सचिव रावलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दनुहोस्