महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिका–११ स्थित बेताल सःमिल एण्ड फर्निचर उद्योगमा सालका गोलिया भेटिएका छन । उद्योगमा ९ वटा सालका गोलिया भेटिएका हुन ।
उद्योगमा अवैध सालका गोलिया भेटिएपछि सञ्चालक विरेन्द्रबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सालका गोलिया भेटिएपछि शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका प्रमुख भोजराज शर्मा नेतृत्वको टोली उद्योगमा पुगेको थियो । बरामद गरिएका गोलियासहित सञ्चालकलाई नियन्त्रणमा लिईएको बताईएको छ ।
शुक्लाफाँटा सवडिभिजन वन कार्यालयका प्रमुख भोजराज शर्माका अनुसार ९ गोलिया (७७.७४ क्यूफिट काठ बरामद गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका उद्योग सञ्चालक र काठ जिल्ला वन कार्यालयलाई बुझाईने उनले बताए । काठ तस्करीमा संलग्न व्याक्तिहरुलाई वन ऐन अनुसार कारबाही गरिने उनको भनाई छ ।
प्रतिक्रिया दनुहोस्