धनगढी : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित सर्वोच्च अदालतमा अस्ति दायर रिट निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उक्त मुद्दा आज पेशीको ४० औं नम्बरमा चढेको छ । चालिसौं नम्बरको मुद्दासँग जोडिएको यसअघिको उमेर हदसम्बन्धी मुद्दामा न्यायाधीश पाण्डेले बैशाख २ गते अल्पकालीन अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ने कानुन व्यवसायीहरु बताउँछन् । कार्यकारी निर्देशक भट्टलाई समेत विपक्षी बनाई दायर भएको पूरक निवेदन समेत सोही मिसिलमा सामेल भएकाले उक्त मुद्दा मूल मुद्दासँगै प्रक्रिया रोकिनसक्ने सम्भावना रहेको कानुन व्यवसायीहरुको धारणा छ ।
गभर्नर नियुक्तिका लागि भट्टको योग्यता नपुगेको र नेताहरुको सहमतिका आधारमा भन्दै ऐनको बाटो छाडि नियुक्ति गर्ने दुषित क्रिया भएको दाबीसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार पूरक रिट निवेदन दायर गरेका हुन् । गभर्नरका लागि बैंकका डेपुटीहरु निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, सञ्चालक रविन्द्र पाण्डेलगायत आकांक्षी छन् ।
प्रतिक्रिया दनुहोस्