क्षतिपूर्ति दिने सहमतिमा २४ घण्टा पछी बैतडीका अन्तरामको शव उठाइयो !

धनगढी । बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीकाे माया मेट्राे अस्पतालमा उपचारका  क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टकाे शव २४ घण्टा पछी उठाइएको छ ।

सिगास गाउँपालिका–९ बाजपानीका विष्टकाे परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Seti Hospital

मृतक विष्टका दाजु नाता पर्ने केशवले परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव परीक्षणका लागि पठाइएको बताए ।

जयपृथ्वी राजमार्ग अन्तरगत ढोल्यामोडमा ३० चैतमा सुपप्र०१००१ह ६५७९ नम्बरको अटो दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा घाइते भएका २५ वर्षका विष्टको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको थियो  । मृतकका श्रीमती, ४ वर्षीया छाेरी र ६ महिनाका छाेरा छन् । दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका थिए । उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

मृतक विष्टका परिवारले अटाे चालक दिपक धानुकलाई कारवाहिकाे माग गर्दै किटानी जाहेरी दिएका छन् । यसअघि दुर्घटनाका बेला अर्का व्यक्तिले अटाे चलाएकाे पीडित पक्षले आराेप लगाएकाे थियाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार