धनगढी । भर्ना अभियानमा हिँडेका बैतडीका शिक्षकको बसबाट खसेर मृत्यु भएको छ ।
शनिबार भर्ना प्रचारका लागी गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको चौलानी बोर्डिङ स्कुल दार्चुलाको सुपप्र०४–००१ क ०००९ नम्बरको बसबाट खसेर शिक्षकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिलाशैनी गाउँपालिका–६ को बाङ्गाबगरस्थित बसबाट खसेर सोही विद्यालयका शिक्षक बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय बिष्णुराज भट्टको मृत्यु भएको हो ।
उनी बसको ढोकाबाट खसेर घाईते भएकोमा गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दनुहोस्