धनगढी । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी ‘टीम ११ संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता’ अन्तर्गत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो । सायलका अभिषेक कोईरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप कार्की र कैलास माझिले समान २/२ विकेल लिए ।
एक सय ३५ रनको लक्ष्य पच्छ्याएको टीम धनगढी १६.१ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो । धनगढीका लभ माझीले २३ रन बनाउनु बाहेक अन्य ब्याटरको कम्जोर रह्यो । सायलका किरण चन्दले ३ तथा अभिषेक कोइरालाले २ विकेट हात पारे ।
प्रतियोगिता अन्तरगत भोलि (आईतबार) उत्तर त्रशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ् सेन्टर र सायल गाउँपालिकाबीच खेल हुनेछ । शनिबार बिहानको खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल वेष्ट्रन र टीम वेतालले १/१ अंक बाँडेका थिए ।
प्रतिक्रिया दनुहोस्