पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर शुरु

बैतडी : बैतडीको पुर्चौंडीमा तीनदिने बृहत स्वास्थ्य शिविर शुरु भएको छ । बैतडी समाज कैलाली र पुर्चौंडी नगरपालिकाको आयोजनामा शुक्रबार देखि शिविर शुरु गरिएको हो । शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तरगत समाजले हरेक बर्ष स्थानीय सरकारहरुसंग सहकार्य गरेर शिविर सञ्चालन गर्दै आएको उनले बताए ।

पुर्चौंडी बहुमुखी क्याम्पसको भवन र पुरानो स्वास्थ्यचौकीको भवनमा शिविर सञ्चालन भइरहेको पुर्चौंडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । तीनदिन सम्म सञ्चालन हुने शिविरमा मुटु रोग सम्बन्धी जाँच, जनरल चेकजाँच, हाडजोर्नी तथा नसा रोग सम्बन्धी जाँच, आँखा जाँच लगायतका सेवाहरु प्रदान भइरहेका उनले बताए ।

Seti Hospital

शिविरको एक कार्यक्रमकाबीच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी थिईन । शिविरको उद्दघाटन गर्दै सामाजिक विकास राज्यमन्त्री खड्काले स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले यसको प्रत्याभूती गर्नका लागि तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताइन् । बैतडी समाज कैलालीले गरिरहेको प्रयासमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्ने बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार