कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दार घाइते

धनगढी : कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक वजा हवल्दार गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–५ मा बा ५ ख ४३१७ नम्बरको बसले सुपप्र ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Seti Hospital

बसको ठक्करबाट मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ का ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।

टाउको र अनुहारमा गम्भीर चोट लागेका बम सशस्त्र प्रहरीका हवल्दार हुन् । उनी राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत छन् ।

बस र चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने ३९ वर्षीय कृष्ण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार