टुरिष्ट भिसामा नेपाल आएका इग्ल्यान्डका स्पेफन गोर कैलालीमा मृत भेटिए !

धनगढी: कैलालीमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।

इग्ल्यान्ड घर भएर टुरिष्ट भिसामा नेपाल आएका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका–४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरि बस्ने गोर राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए ।

SHIKHAR COOL TECH

उनकाअनुसार उनी कोठामा भित्रबाट चुक्कन लगाएर ढोका बन्द गरेको अवस्थामा मृत भेटिएका थिए। सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा सुतेकै अवस्थामा मृत फेला परेका थिए।

घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रकृिया अघि बढाइने प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार मृतक र नेपाली मूलकी भारतीय महिला बमका बुवा साथी हुन्। घुम्नकै लागि नेपाल आएका उनीहरू कार्तिकदेखि बर्दगोरिया–४ मा छुट्टाछुट्टै घरमा डेरा गरि बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार