गाउँले बाजेले नातीलाई हँसिया प्रहार गरी मार्न खोजेपछी…..

भक्तराज जोशी

धनगढी : कैलालीमा ४ वर्षीया बालकमाथि गाउँले बाजेले हँसिया प्रहार गरेका छन् ।

घाेडाघाेडी नगरपालिका-५ काे देउकलिया बस्ने हरि कडेलकाे ४ वर्यीया छाेरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

Seti Hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले प्रेम आगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कडेलले पराल र भुषा राखेकाे काेठमा लगेर गर्धनमा हँसिया प्रहार गरेकाे पाइएको बताए ।

बालकलाई घाेडाघाेडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ ।हँसिया प्रहार गर्ने अर्जुन कडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।

उनी मानसिक रूपमा अस्वस्थ रहेकाे बुझिएको प्रहरीकाे भनाइ रहेकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार