भारतीय नागरिकले कैलालीमा उत्पादन गरेको तरकारीमा अत्यधिक विषादी

धनगढी : भारतीय नागरिकहरूले कैलालीमा उत्पादन गरेको तरकारीमा अत्याधिक विषादी हालेको पाइएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका र कैलाली गाउँपालिका क्षेत्रका नदीको बगरमा उत्पादन गरिएको तरकारीमा अत्यधिक विषादी प्रयोग गरिएको पाइएको हो।

Seti Hospital

केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष विश्लेषण प्रयोगशाला एकाइ, अत्तरियाले गरेको परीक्षणमा लौका र करेलामा अत्यधिक विषादी प्रयोग गरिएको पाइएको छ। प्रयोगशालाको प्रतिवेदनमा कैलाली गाउँपालिका–४ मोहना नदीको बगरमा आसलामले उत्पादन गरेको लौकामा ५४ दशमलव ४५९ रोकावट प्रतिशत विषदी रहेको पाइएको हो। उनले एक क्विन्टल ७० किलोग्राम लौका बुधवार बजार पठाउन तयार पारेका थिए। उनले बजार पठाएको लौका उपभोग गर्न अयोग्य देखिएको छ। बिहिवार कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्ट, जिल्ला समन्वय समिति, कैलालीका सूचना अधिकारी विमल जोशी, कैलारी गाउँपालिका–४का वडाध्यक्ष ठागुराम चौधरी, प्रयोगशालाका नायब प्राविधिक सहायकहरू राजेन्द्रप्रशाद भट्ट र भुवनेश्वर जोशीको टोलीले बजार पठाउन बाँकी रहेको झण्डै ७० किलोग्राम लौका नष्ट गरेको छ।

धनगढी उपमहानगरपालिका–१५ कनरीको खुटिया नदीको बगरमा असफाकले उत्सादन गरेको करेलामा समेत अत्यधिक विषादी प्रयोग गरिएको पाइएको छ। प्रयोगशालामा गरिएको परीक्षणमा करेलामा ६३ दशमलव ६१६ रोकावट प्रतिशत विषादी रहेको पाइएको छ। विषादीको मात्रा ६ दशमलव ८४८८ रोकावट दर भए मात्र उपभोग योग्य हुन्छ। तर, धनगढीको खुटिया नदीको बगरमा भारतीय नागरिकले उत्पादन गरेको करेला उपभोग गर्न अयोग्य रहेको पुस्टि भएको हो। बुधवार नमुना सङ्कलन गरिएको करेलामा २ किलोमात्र बिहिवार बिहान नष्ट गरिएको छ।

प्रयोगशालाका नायब प्राविधिक सहायकहरू राजेन्द्रप्रशाद भट्ट र भुवनेश्वर जोशीले किसानहरूलाई विषादी प्रयोगको मात्रा, विषादी प्रयोग गरेपछि केही दिन तरकारी तथा फलफूल बजारमा नपठाउन आग्रह गरेका छन्। उनीहरूले विषादीको प्रकृति अनुसार प्रयोग र बजार पठाउने समय हुने गरेको बताएका छन्। विषादी खरिद गर्दाको समयमा पूर्ण जानकारी लिन कृषि ज्ञान केन्द्र, कैलालीका प्रमुख विष्टले आग्रह गरेका छन्।

प्रयोगशालामा बुधवार १७ वटा नमुना परीक्षण गरिएको थियो। नदी किनारामा खरिने बगर खेतीमा अत्यधिक विषादी प्रयोग हुँदै आएको गुनासोपछि प्रयोगशाला परीक्षण गरिएको हो। तर, अन्य १५ वटा नमुनाहरू खान योग्य रहेको पाइएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष विश्लेषण प्रयोगशाला एकाइ, अत्तरियाले लौका, तर्भुजा, करेला, फर्सी, काँक्रो, टमाटर लगायतका १७ वटा नमुनाहरू हुलाकी राजमार्गको किनाराका पसलहरूबाट सङ्कलन गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार