डीडीसी र मिल्क पाउडर प्लान्टको सम्भावना

कैलाली : सुदूरपश्चिम प्रदेशको केन्द्रमा रहेको अत्तरियामा दुग्ध विकास संस्थान (डीडीसी) सँगै मिल्क पाउडर प्लान्ट स्थापना गर्ने योजना अघि बढाइएको छ । संघीय सरकारले ४० करोडको लागतमा स्थापना गर्न लागेको मिल्क पाउडर प्लान्टका लागि प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ भने हाल १२ करोड बजेटसमेत विनियोजन भइसकेको छ ।

हाल डीडीसी रहेको अत्तरियामै मिल्क पाउडर प्लान्ट स्थापना गर्ने प्रस्तावले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । अत्तरियाको भौगोलिक स्थिति, बजार पहुँच यस क्षेत्रमा मिल्क पाउडर प्लान्ट स्थापना गर्न उपयुक्त रहेको देखिएको छ । स्थानीय अगुवा, स्थानीय सरकार तथा जनप्रतिनिधिहरूको सक्रियता यस क्षेत्रमै डीडीसी सँगै मिल्क पाउडर प्लान्ट गर्न जग्गा खोजीको काम अघि बढेको छ ।

Seti Hospital

मिल्क पाउडर प्लान्ट स्थापनाका लागि आवश्यक प्राविधिक ज्ञान भएको डीडीसी सँगै मिल्क पाउडर प्लान्ट राख्न उचित हुने भएकाले प्रदेशका कृषि मन्त्रीले पनि यसै क्षेत्रमा राख्ने बताएका छन् । जसका कारण चाहना सामुदायिक वन र दिव्य रोजिन एण्ड टर्पेन्टाइनको प्रयोगमा नरहेको जग्गाको सदुपयोग गरेर यो योजना अत्तरियामै कार्यान्वयन गर्न सकिने सम्भावना पनि देखिन्छ ।

यसका लागि प्रदेश सरकारले योजना कार्यान्वयनमा पारदर्शिता, समन्वय र स्थानीयको सहभागिता सुनिश्चित गर्नुपर्छ । स्थानीय स्तरमा रोजगारी सिर्जना, दुग्ध उत्पादनमा वृद्धि र आर्थिक स्वावलम्बनका दृष्टिले यो योजना अत्तरियाको भविष्य निर्माणको महत्त्वपूर्ण आधार बन्न सक्छ । त्यसैले यो योजनालाई कार्यान्वयनमा यस क्षेत्रका राजनीतिक दल, अगुवा, समाजसेवी, जनप्रतिनिधिले अझै सक्रियता देखाउने आवश्यक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार