धनगढीको हुलाकी राजमार्गमा ७९ वटा जोडि ‘डस्टविन’ राखियो

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले हुलाकी राजमार्गमा ७९ वटा जोडि ‘डस्टविन’ रोखेको छ।

सडक यात्रुहरूलाई फोहोर वस्तु राख्न सडक किनारमा एंगलसहित ‘डस्टविन’ राखेको हो।

Seti Hospital

धनगढीको क्याम्पसरोडदेखि मनेहरा कालिकाचोकसम्म हुलाकी राजमार्गको दुबै किनारामा यात्रुहरूलाई कुहिने र नकुहिने फोहोर वस्तु राख्न ७९ वटा जोडि ‘डस्टविन’ राखेको छ।

सडक यात्रुहरूले आफूले उपयोग गरी सकिकेपछिको वस्तुको फोहोर राख्न सजिलो होस् भनेर सो सडकको दुवै छेउमा कुहिने र नकुहिने वस्तु राख्न छुट्टाछुट्टै ‘डस्टविन’ राखेको उपमहानगरपालिकाले जनाएको छ।

‘हाम्रो धनगढी सफा धनगढी’ अभियान सञ्चालन गर्दै आएको धनगढी उपमहानगरपालिकाले सडक यात्रुले जहाँ पायो त्यही फोहोर नफाली नगर क्षेत्रलाई सफा राख्न सहयोग गरुन भनेर सो सडकखण्डको दुवै किनारमा ‘डस्टविन’ राखेको हो।

‘डस्टविन’ राखेपछि सडक यात्रुलाई फोहोर राख्न सजिलो भएको धनगढी मोतीचोककी रमिला बोहराले बताइन्। उनले भनिन, ‘पहिले सडकमा हिड्नेहरू जहाँ पायो त्यही फोहोर फालेर हिड्ने गर्दर्थे अब उपमहानगरपालिकाले सडकको दुवै छेउमा कुहिने र नकुहिने फोहोर राख्न ‘डस्टविन’ राखेपछि सडकमा हिड्नेहरुलाई फोहोर राख्न सजिलो हुनेभएको छ।’

नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहोर फाल्ने कार्यलाई न्यूनीकरण गर्न सडक किनारमा ‘डस्टविन’ राखिएको छ। जथाभाबी फोहोर नफाली डस्टविनमै राखिदिन उपमहानगरपालिकाले सडक यात्रुहरुलाई आग्रह गरेको छ।

जथाभावी रुपमा फोहोर फालिदिँदा नगरक्षेत्र दुर्गन्धित हुने भएकाले सडक किनारमा ‘डस्टविन’ राखेको धनगढीका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए। उनले नगरक्षेत्रका अधिकांश ठाउँमा सडक यात्रुहरुलाई फोहोर फाल्न सजिलो होस् भनेर कुहिने र नकुहिने वस्तु राख्न छुट्टाछुट्टै ‘डस्टविन’ राखेको र क्रमशः बाँकी रहेका ठाउँमा पनि त्यस्तै खालका ‘डस्टविन’ राखिने जानकारी दिए।

त्यस्तै धनगढी उपमहानगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारी साधनमा अनिवार्य ‘डस्टविन’ राख्न भनिएको छ। पैदल यात्रु वा सवारी यात्रुहरूले अटेर गरी जथाभाबी रूपमा फोहोर फालेमा जरिबाना गरिने उपमहानगरपालिकाले जनाएको छ।

नगरक्षेत्रमा जथाभाबी रुपमा फोहोर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न ‘डस्टविन’ को व्यवस्था गरिएको हो। यसले गर्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने भएकोले तोकिएको स्थानमा मात्र फोहोर फाल्न उपमहानगरपालिकाले आग्रह गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार