पाटनमा प्रदेशस्तरीय महोत्सव सुरु

बैतडी : बैतडीको पाटनमा आजदेखि कृषि, पर्यटन, कला, संस्कृति, रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव सुरु भएको छ।

नेपाल च्याम्बर अफ कमर्श बैतडीको आयोजना, पाटन नगरपालिकाको प्रवर्धन तथा क्वालिटी स्टील आल्मुनियम एण्ड युपिभीसीको मुख्य प्रायोजनमा महोत्सव सुरु भएको हो। श्रीकृष्ण मावि पाटनको मैदानमा सुरु भएको महोत्सवको आज एक कार्यक्रमबिच उद्घाटन गरिएको च्याम्बर अफ कमर्श बैतडीका अध्यक्ष हरीशप्रसाद जोशीले जानकारी दिए।

उद्घाटन समारोहमा पाटन नगरका प्रमुख गौरीसिंह रावल, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, पाटन नगरका उपप्रमुख कमलसिंह बोहरालगायत उपस्थित थिए। उद्घाटनपछि कलाकार मनोजसिंह धामी, गुणाकर पनेरुलगायतले प्रस्तुति राखेका थिए। बुधवार लोक देउडा कलाकार रेखा जोशी, रेश बिसी र स्थानीय कलाकारको प्रस्तुति रहनेछ।

आजदेखि सुरु भएको प्रदेशस्तरीय महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताए।

सञ्चालन हुने महोत्सवमा राष्ट्रियदेखि स्थानीयस्तरका कलाकारको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रवर्धन र संस्कृति क्षेत्रमा टेवा पुर्‍याउने आयोजकको दाबी छ। स्थानीय व्यापार बढाउने उद्देश्य रहेको बताउँदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरण गर्न सक्ने जानकारी दिए

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार