काठमाडौँ : जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदैछ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।
दिल्लीले यस सिजनमा उत्कृष्ट प्रदर्सन गरेपनि पछिल्लो खेलमा घरेलु मैदानमा मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो । दिल्लीले अहिलेसम्म खेलेका ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।
दिल्लीका लागि केएल राहुल, कुलदीप यादव र आशुतोष शर्मा लगायतका खेलाडीले यस सिजनमा राम्रो प्रदर्शन गरिरहेका छन् ।
त्यस्तै राजस्थान रोयल्सको यस सिजनको प्रदर्सन भने त्यति राम्रो रहेको छैन । अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ४ अंक बटुलेर राजस्थान आठौ स्थानमा रहेको छ । राजस्थानका लागि यशस्वी जैसवाल, कप्तान सन्जु सामसन, रियान पराग, सन्दीप शर्मा, नितिश राना लगायतको प्रदर्शन यस सिजनमा राम्रो रहेको छ ।
प्रतिक्रिया दनुहोस्