समाचार संकलन गर्ने क्रममा तीन पत्रकार घाइते

रौतहट : पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन् ।

हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् ।

Seti Hospital

गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरु घाइते भएका छन् । घाइते तीन जना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियोे । उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछि प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ । यता नेपाल पत्रकार महासंघ पर्साले समाचार सङकलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरुलाई घाइते बनाउने दोषीहरुलाई कारवाहीको माग गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार