यौन दुर्व्यवहारमा परेकी महिला मृत फेला

काठमाडौं : चार महिनाअघि गाउँका दुई युवकबाट यौन दुर्व्यवहार भोगेकी सिरहाको नवराजपुर गाउँपालिका-३, जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय मृत फेला परेकी छन् । दुई वर्षीया छोरीकी आमा आनन्दी, मंगलबार दिउँसो आफ्नै घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेका कारण माइतीमा बस्दै आएकी आनन्दीलाई गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले गत पुस ९ गते यौन दुर्व्यवहार गर्न खोजेका थिए । परालको थुप्रोमा जबर्जस्ती करणी प्रयास भए पनि आनन्दीले प्रतिकार गरेर ज्यान जोगाइन् । रुँदै घर फर्केकी उनले आमासहित प्रहरीकहाँ उजुरी गर्न पुगिन् ।

Seti Hospital

तर प्रहरीले तत्काल उजुरी लिन अस्वीकार ग-यो । साढे दुई महिनापछि उजुरी दर्ता भयो- त्यो पनि फागुन २५ गते । उजुरी दर्ता भए पनि न्यायको यात्रा त्यत्तिकै अल्झियो । अदालतबाट पक्राउ पुर्जी जारी भएको भोलिपल्ट पनि आरोपितहरू फरार देखिए । प्रहरी पुग्दा उनीहरू घरमा नभएको बताइयो, तर पक्राउ प्रक्रिया अघि नबढेकोमा स्थानीय समुदाय आक्रोशित छ ।

नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय प्रवक्ता सुनील सदाले प्रहरीको भूमिकालाई शंकास्पद ठहर गरेका छन् । उनले राजनीतिक दबाबमा प्रहरी चुप बसिरहेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार