अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

काठमाडौं : सिन्धुलीको सिन्धुली अस्पतालमा तीन दिने बृहत् निः शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।  

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना र सिन्धुली अस्पतालका साथै हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशन अमेरिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । 

Seti Hospital

शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, निःशुल्क भिडियो एक्स-रे, जनरल मेडिसिन सेवा, निःशुल्क ल्याबसम्बन्धी सेवा, आँखा जाँच तथा निःशुल्क चस्मा वितरण, दन्त रोग लगायतका सेवा प्रदान गरिरहेको आयोजकले जनाएको छ । 

हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी नारायण श्रेष्ठले तीन दिनसम्म अस्पताल परिसरमा निः शुल्क रूपमा स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।
 
सिन्धुली अस्पतालमा तीन दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएपछि अन्य ग्रामीण क्षेत्रमा पनि निरन्तर निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिने श्रेष्ठले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार