सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु

धनगढी : कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले बताएको छ।

Galaxy

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए। उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार