धनगढी। कैलालीमा झुन्डिएको अवस्थामा भेटिएक एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–११ डम्बर भारतीका ११ वर्षीय छोरा शिशिर आइतबार झुन्डिएको अवस्थामा फेला परेका थिए ।
उनलाई तत्काल उद्दार गरेर उपचारका लागि अत्तरिया अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल पुगाइएको थियो । उपचारका क्रममा चिकित्सकले भारतीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार शिशिर घर नजिकैको बाख्राको खोरको धुरीमा कालो चुन्नीले पासो लगाएको अवस्थामा भेटिएका थिए । त्यसपछि आफन्तले पासो काटेर तत्काल अस्पताल पुगाएपनि बचाउन भने नसकिएको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्