लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । 

लामिछानेले गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन  दिएका थिए । उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको हो । 

सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालतले दिएको आदेशविरुद्ध लामिछाने निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार