काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ ।
हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।
उक्त निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ ।
प्रतिक्रिया दनुहोस्