सडक कालोपत्रे हुँदै गैरिटाँड–बाँसकाडा

अछाम : सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको चिसापानी जङ्गलघाट बडीमालिका सडक स्तरोन्नति आयोजनाको निमार्ण तीव्र गतिमा भइरहेको छ।

चिसापानी जङ्गलघाट बडीमालिका अन्तर्गतको गैरिटाँड–कमलबजार–बाँसकाडा खण्डको २३ किलोमिटर सडक कालोपत्रेको कामको पहिलो चरण काम भइरहेको हो।

Seti Hospital

सडक कालोपत्रेका लागि सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र पिके निमार्ण सेवा प्रालिबिच ६९ करोड ४३ लाख ५३ हजारलागतमा आगामी २०८२ पुस मसान्तसम्म पूरा हुने गरेर गत वर्ष २०८० असार १८ गते सम्झौता भएको थियो। ठेक्का अवधिभित्रै कालोपत्रेको सम्पन्न हुने गरेर काम सञ्चालन भइरहेको पिके निर्माण सेवा प्रालिका प्रमुख प्रकाश विश्वकर्माले बताए। 

कमलबजारमा व्यवसाय गर्दै आएका स्थानीय कर्ण भण्डारीले सडक कालोपत्रेको काम अगाडि बढेपछि हिउँदमा धुलो र बर्खामा हिलोबाट मुक्त हुने विश्वास व्यक्त गरे। अछामलगायतका जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यो सडक कालोपत्रे भएमा विकासको ढोका खुल्ने बताउँदै सडक कालोपत्रेको काममा स्थानीय सरकारले समन्वय गरिरहेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए। चिसापानी जङ्गलघाट मङ्गलसेन सडक सञ्जाल जोड्नका लागि सुर्खेतको पञ्चपुरी र अछामको तुर्माखाद गाउँपालिकाको सिमाना जङ्गलघाटस्थित कर्णाली नदीमाथि पक्की पुल निर्माण पनि भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार