काठमाडौं : हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलखेलमा नेपालले जितका लागि १७५ रनको लक्ष्य पाएको हो । चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतले नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
कुवेतका लागि रविजा सन्दारुवानले ६० रन बनाए । त्यस्तै क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रन जोडे । नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालले तीन खेलमा जित निकालेको छ भने यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो।
नेपाल, कुवेत, हङकङ र कतार सहभागी प्रतियोगिताको समूह चरणमा नेपाल उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रह्यो। नेपालले कतार र कुवेतविरुद्ध जित निकालेको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भयो । त्यसपछि ३ खेलमा ५ अंक जोड्दै नेपाल फाइनलमा पुगेको हो ।
कुवेतले हङकङ र कतारलाई हराए पनि नेपालसँगको खेलमा हार बेहोरेको थियो । २ जितसहित उसले ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो। घरेलु टोली हङकङ भने ३ अंकमै रोकिँदै फाइनल पुग्न असफल रह्यो ।
प्रतिक्रिया दनुहोस्