बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर बालिकाको मृत्यु

पोखरा : मुस्ताङबाट म्याग्दीको बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब १० बजेको समयमा रा१ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएकी ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार