कैलालीको सुप होटलबाट १३ जना जुवाडे पक्राउ

धनगढी : कैलालीको धनगढीमा रहेको सुप होटलबाट १३ जुवाडे पक्राउ परेका छ्न । धनगढी उपमहानगरपालिका -३ काे भाटभटेनी सुपर मार्केट नजिकै रहेकाे सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा हाेटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनाेज चन्द, झलक रावल, धर्म राेकाया, मिनबहादुर चन्द, घाेडाघाेडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Seti Hospital

यस्तै बझाङकाे छविस पाथिभेरा गाउँपालिका- २ ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका -१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ ।

उनीहरूकाे साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा माेटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएकाेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार