काठमाडौं : हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ ।
कतारलाई ६ विकेटले हराउँदै कुवेतले नेट रनरेटमा व्यापक सुधार गरी फाइनल खेल्ने पक्का हुँदा अब यसपछि हुने नेपाल र हङकङबीचको खेलपछि फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्ने छ ।
नेपाल हाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ । ३ खेलमा ४ अंकसहित कुवेत नेटरनरेटमा अगाडि रहँदै शीर्षमा छ । हङकङको २ खेलमा २ अंक छ । नेपाल र हङकङबिचको खेल अब सवा ११ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा कतारविरुद्ध स्लो चेज गर्दै जितेको खेलले नेटरनरेट धेरै हासिल भएको थिएन । त्यही कुराले अब फाइनल यात्रामा धक्का लाग्न सक्छ ।
अब हङकङले नेपालमाथि सामान्य जित मात्रै निकाल्दा पनि हङकङ दोस्रोमा रहेर फाइनल खेल्न सक्छ । नेपालले सामान्य जित निकाले ६ अंकसहित शीर्षमा रहेर फाइनल खेल्ने छ ।
फाइनल खेल आइतबार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि विहान पौने ७ देखि तेस्रो स्थानको खेल हुनेछ ।
प्रतिक्रिया दनुहोस्