प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ : दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

शुक्रवार प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

Seti Hospital

जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराका अनुसार प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले स्वीकारेको हो ।

तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रवार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।

अहिले प्रसाईंलाई म्याद थपका लागि आवश्यक कागजात तयार गर्नुका साथै ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी भइरहेको ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार