काठमाडौँ : डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित एक नाइट क्लबको छाना भत्किँदा मृत्यु हुनेको संख्या २०० नाघेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । एवीसी न्युजले उक्त घटनामा कम्तीमा २१८ जनाको मृत्यु भएको र १५५ जना घाइते भएको जनाएको छ ।
मृत्यु हुनेमध्ये सन् २०१३ मा सन्यास लिएका चर्चित बेसबल खेलाडी क्टाभियो डोटेल सहित एल अफ्रिकानो र लास आविस्पास जस्ता चर्चित गीत गाएका डोमिनिकन गायक रुवी पेरेज सहित छन् । मंगलबार बिहान रुवी पेरेजको लाइभ कन्सर्टका चलिरहेका बेला जेट सेट भनिने नाइट क्लबको छानो भत्किदा यो घटना भएको हो ।
बिशेषज्ञ सहितको बिशेष उपकरणहरुको सहायतले भग्नावशेष हटाउँदै खोज तथा उद्दार कार्य जारी राखेका छन् । राष्ट्रपति लुइस रोडोल्फो एबिनाडेरले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सामाजिक संजालमा लेखेका छन, ‘यो घटना भएको क्षणदेखि हामी पल–पलको जानकारी लिइरहेका छौं। सबै उद्धार निकायहरूले आवश्यक सहयोग प्रदान गरिरहेका छन् र उद्धार कार्यमा अहोरात्र लागिपरेका छन् ।’
प्रतिक्रिया दनुहोस्