राति घरमा सुतेको शिशु गायब : डीएसपी भन्छन्– ‘अचम्मलाग्दो घटना भयो, खोजिरहेका छौँ’

सुर्खेत : पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशुलाई बेपत्ता पारिएको छ। ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया  बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको‌ हो । 

‎‎उक्त शिशु  तीन महिना अगाडि जन्मिएको हो । ‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार घरमा सबै सुकिसकेका थिए । ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लाग्यो ‌। उक्त कुरा सुरुमा कसैलाई पत्तै थिएन ।

Seti Hospital

माथिल्लो घरका मान्छेले देखेर खबर गरेु उनी भन्छन्, त्यसपछि बच्चाको आमा, बुबादेखि सबै जना आगो निभाउन गए । ‎लगत्तै घरमा आउँदा बच्चा नभएको उनले बताए। 

बच्चालाई लिनमा लागि कुनै समूहले खरमा आगो लगाएको र निभाउन गएको मौकामा बच्चा उठाएर भागेको उनको शंका छ । ‎बेपत्ता पारिएको बच्चासँग अर्को छोरा पनि साथमा सुतेको थियो । आउँदा ठुलो बच्चा सुतिरहेकै भएपनि सानो बच्चा नभएको उनले बताए।

‎‎घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए । राति नै प्रहरी त्यहाँ पुगेर खोजतलास गर्दा कुनै क्लु पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख सुनिल दाहालले बताए । ‎अचम्म लाग्दो घटना भयो, उनले भने,अहिले पुनः त्यहाँ प्रहरी परिचालन गरेको छु। ‎परिवारले बच्चा खोजी दिनका लागि सामाजिक सञ्जालदेखि प्रहरीमा आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार