दुई युवक खैरो हेरोईनसहित पक्राउ

धनगढी : कैलालीमा दुई युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–५ तारानगरबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने २५ वर्षीय तपेन्द्र शाहलाई पक्राउ गरेको छ। शाहलाइ ३३ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित बिहीवार नियन्त्रणमा लिएको छ।

यसैगरी घोडाघोडी नगरपालिका–१ सुख्खड बजारबाट ८० मिलिग्राम खैरो हेरोईनसहित घोडाघोडी नगरपालिका–१ सितानगर बस्ने १९ वर्षीय सुनिल मल्ललाई इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार