देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य गर्न सरकार कटिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यावसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिएपनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताए ।  

Seti Hospital

उनकाअनुसार नीतिगत अस्थीरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो । देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य गर्न सरकार कटिबद्ध रहेको बताए ।  

संघीयताको सुरु सुरुमा हरेक पालिका सरकारले आफैँ कर उठाउन ठाउँ ठाउँमा बाँस तेर्स्याइएको बताए । 

प्रधानमन्त्री ओलीले जनतालाई सेवा सुविधा पुर्‍याउनका लागि संघीय प्रणाली स्थापित गरिएको बताए । निजी क्षेत्रले दिएको सल्लाह सुझावअनुसार सरकार चलेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले ल्याएका अध्यादेशहरू सही रहेको र अर्थतन्त्र चलायमान हुन सघाउ पुग्ने उनको भनाई छ ।

सरकार र निजीको सम्बन्ध नमुनाको हिसाबले अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा समेत सरकारले नीजि क्षेत्रलाई साथमा लिएर हिँड्ने उद्घोष गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार