माया मेट्रो अस्पतालले दियो एक लाख ५१ हजार जयगढका अग्नि पीडितलाई

धनगढी : माया मेट्रो अस्पताल, धनगढीले बान्नीगढीका अग्नि पीडितलाई एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीका पीडितहरुलाई राहत स्वरुप एक लाख ५१ हजार सहयोग गरिएको हो।
अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद स्वयम् जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई औपचारिक रूपमा चेक हस्तान्तरण गरेका छन्। आगलागीबाट पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए।
‘मेरो पनि घर अछाममै हो। आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन,’ अध्यक्ष साउँदले भने, ‘हालका लागि अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं। आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका विषयमा समेत सक्दो सहयोग गर्नेछौं।’

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार