गभर्नर नियुक्ति थप पेचिलो बन्दै, शैक्षिक प्रमाणपत्रदेखि वरिष्ठतासम्मको प्रश्न

काठमाडाैं : नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा नियुक्तीको विषय थप पेचिलो बनेको छ । सकेसम्म छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सोही विषयमा छलफल हुने बताइएको छ ।

यता कायम मुकायमको जिम्मेवारीमा रहेकी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना र डा. प्रकाश कुमार श्रेष्ठलाई एमालेले अघि सार्ने तयारी गरेको छ । काँग्रेसले पछिल्लो समय गुणाकर भटट्लाई अघि सारेको छ । विशेषगरी सभापति देउवा र गृहमन्त्री लेखकको गृह प्रदेशका भट्टलाई डा. तिलक रावलपछि गभर्नर बनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा क्याम्पेन चलाइएको छ । 

Seti Hospital

डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले भारतीय विश्वविद्यालयबाट केही वर्षअघि गरेको पिएचडीको समकक्षताबारे बूढानीलकण्ठमा चर्चा भएपछि बालुवाटारले पनि गुणाकर भट्टको कनिष्ठता र कार्यकारी निर्देशकबाट गभर्नर हुन नसक्ने कानुनी प्रावधानलाई उठाएको छ । 

काँग्रेस निकट स्रोतले भारतको जयपुरस्थित मेवाड विश्वविद्यालयबाट सन् २०१९ मा ‘अ स्टडी अन बैंक लेन्डिङ बिहेभियर एण्ड मनिटरी ट्रान्समिसन मेकानिज्म इन नेप्लिज कमर्सियल बैंक्स’ विषयमा पिचडी गरेकी निलमले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नलिएको दाबी गरेको छ । उक्त विश्वविद्यालयका प्रमाणपत्र नक्कली भेटिएपछि ‘सक्कली’ प्रमाणपत्रमाथि पनि शंका गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेको थियो । 

भारतको उक्त विश्वविद्यालयबाट जारी पोष्ट ग्राजुएटेडका प्रमाणपत्र नक्कली पाइएपछि त्रिभुवन विश्वविद्यालयले त्यहाँको समकक्षता प्रमाणपत्रमा रोक लगाएको हो । टाइम्स अफ इण्डियाले सन् २०२२ को अक्टोबर ५ मा लिइएको हिन्दी लेक्चरर्स परीक्षाको आधारमा दुई जनालाई नक्कली प्रमाणपत्र दिइएको जयपुर प्रहरीको स्पेसल अपरेसन ग्रुपले फेला पारेको समाचार छापेपछि तथ्य बाहिरिएको थियो ।

निलमको कुरो काँग्रेसले उठाउने भएपछि बालुवाटारले पनि गुणाकर भट्ट बहालरत कार्यकारी निर्देशक भएकाले एक महिनाअघि राजीनामा दिएको अवस्थामा मात्रै गभर्नरमा सिफारिस हुनसक्ने अडान लिने सम्भावना छ । निलमलाई गभर्नर, भटट्लाई डेपुटी गभर्नर बनाउने कतिपय स्वार्थ समूहको योजनामा समकक्षताको प्रमाणपत्र ‘भिलेन’ देखिनसक्ने कतिपयको अनुमान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार