व्यवस्था परिवर्तनको आन्दोलनलाई स्कटल्याण्ड पुगेका युवाद्वारा समर्थन

धनगढी । स्कटल्याण्डमा रहेका नेपाली युवाहरुले व्यवस्था परिवर्तनको आन्दोलनलाई समर्थन गरेका छन् । हाल नेपालमा राष्ट्रवादी पक्षधरले सुरु गरेको व्यवस्था परिवर्तनको आन्दोलनलाई वैदेशिक रोजगारीका लागि स्कटल्याण्ड पुगेका युवाहरुले समर्थन गरेका हुन् ।

नेपाल समृद्ध हुन सुरुमा व्यवस्था परिवर्तन हुनुपर्ने भन्दै उनीहरुले स्कटल्याण्डबाटै व्यवस्था परिवर्तनको आन्दोलनप्रति आफ्नो समर्थन रहेको जनाएका छन् ।

Seti Hospital

देश नबन्नुको कारण व्याप्त भ्रष्टाचार, उच्च बेरोजगारी दर र व्यवस्थाको गलत अवलम्बन भएको भन्दै उनीहरुले व्यवस्था परिवर्तन आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

लामो समयदेखि स्कटल्याण्डमा बस्दै व्यवसाय सञ्चालन गर्दै आएका बिमल थापाले देशको व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तन नहुने बताएका छन् । उनले स्कटल्याण्डमा बस्दै आएका नेपाली युवाहरुले अहिले देशमा चलिरहेको व्यवस्था परिवर्तनको आन्दोलनलाई समर्थन गरेको जनाएका छन् । उनले देश नै सबैभन्दा माथि भएको भन्दै देशप्रति स्कटल्याण्डबाटै सम्मान प्रकट गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार