धनगढी : कैलालीको टीकापुरमा सात वर्षीया बालिकामाथि करणीको आरोपमा एक किशोर पक्राउ परेका छन।
जिल्लाको टीकापुर नगरपालिका–४ मा रहेकोे एक संस्थागत विद्यालयमा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन।
बलिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत किशोरलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नवीनराजा बुढाथोकीले बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरिएको बताए। पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई चैत ११ गते पक्राउ गरिएको हो। प्रहरीमा चैत ६ गते सात वर्षीया बालिका माथि करण भएको भन्दै जाहेरी दर्ता भएको हो। बालिकाको योनीबाट रगत बग्न थालेपछि उनीमाथि जबरजस्ती करणी भएको खुलेको थियो।
पीडित बालिकाका परिवार स्रोतले योनीबाट रगत बगेपछि उपचारका लागि उनलाई अस्पताल लगिएको बताएको छ। चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार भएको बताएपछि बालिकाले घटनाबारे विस्तृत बताएकी थिइन्।
मेडिकल रिपोट र बालिकाको बयानका आधारमा उनकी आमाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी हुन्। तर, अहिले भने घटना मिलाउनुपर्ने भन्दै पीडित परिवारमाथि अनावश्यक दबाब दिइएको छ। बालिकाका बुवाले प्रहरीलाई आफ्नो छोरीमाथि बलात्कार नभएको भनेर भन्न विद्यालयका शिक्षक र गाउँका अगुवाले दबाब दिइरहेको बताए। तर, आफूले भने छोरीमाथि बलात्कार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने उनको माग छ।
आफू घरमा नभएका बेला श्रीमती र छोरीलाई भेटेर अनावश्यक तनाव दिदै अदालतमा मुद्दामा बयान फेरेर होस्टाइल गर्न दबाब दिइएको उनले बताएका छन्। विद्यालयका शिक्षकहरूले बदनाम हुने भन्दै पैँसा लेनदेन गरेर भएपनि मुद्दा कमजोर बनाउन भूमिका खेलिरहेको पीडित पक्षको भनाई छ।
बालिकाका बुवाले बयान फेरेर मुद्दालाई होस्टाइन गर्न अनेक खालका दबाब र प्रभाव आइरहेको भन्दै मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन्। आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी परेको हो।
प्रतिक्रिया दनुहोस्