सुदूरपश्चिममा क्यान्सरका बिरामी खोज्दै चिकित्सकको टोली

धनगढी : सुदूरपश्चिम प्रदेशमा क्यान्सरको बिरामी खोज्न चिकित्सक टोली अग्रसर भएको छ।

प्रदेशका विभिन्न जिल्लामा शिविर सञ्चालन गरेर टोलीले क्यान्सरको बिरामी पत्ता लगाउने कार्य थालेको हो। टोलीले शिविर सञ्चालन गरेर पाठेघर र स्तन क्यान्सरको बिरामी खोजी कार्य गरिरहेको छ।

Seti Hospital

सुदूरपश्चिम प्रदेशमा महिलामा देखा परिरहेको पाठेघर र स्तन क्यान्सरको विकराल समस्या दृष्टिगत गरेर मुख्यमन्त्री कमलबहादुर शाहले क्यान्सर अस्पताल भरतपुरलाई क्यान्सर परीक्षणका लागि आग्रह गरेका थिए। उनको आग्रहमा चिकित्सकको टोली सुदूरपश्चिम आएको सचिवालयले बताएको छ। सुदूरपश्चिमको अछाम, डडेलधुरा र कैलालीका केही पालिकामा परीक्षण गरिसकेको छ। कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य चेक जाँच गरिरहेको हो।

परीक्षण गरेर फर्केको चिकित्सकको टोलीसँग भेट गर्दै मुख्यमन्त्री शाहले दुई जिल्लाको पाठेघर र स्तन क्यान्सरको अवस्थाबारे जानकारी लिएका छन्। अछाममा २६० को पाठेघर र ३५० को स्तन क्यान्सरको परीक्षण गरिएको छ। जिल्लामा पाँच जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सरको शङ्का लागेको डाक्टर वर्षा प्रसाईंले बताइन। उनले डडेलधुरामा १५० महिलाको पाठेघर र १७० जनाको स्तन क्यान्सरको परीक्षण गरिएको बताएकी छन्। डडेल्धुरामा २० जनामा पाठेघर र त्यत्ति नै जनामा स्तन क्यान्सरको आशङ्का गरिएको उनले बताइन।

क्यान्सरको शङ्का लागेका केसलाई टोलीले थप उपचारका लागि रेफर गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार