जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी

धनगढी : स्ववियु निर्वाचनमा जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा अध्यक्ष पदमा अनेरास्ववियुका तिलक चन्द्र बोहरा १२५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक बहादुर बोहराले १२२ मत प्राप्त गरे। अखिल क्रान्तिकारीका माजबहादुर धामीले ५९ मत प्राप्त गरे। अखिल समाजवादीका प्रविनबहादुर महरले २ मत मात्रै ल्याए।

यस्तै सचिव पदमा नेविसंघका लोकेशराज जोशीले १२२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अञ्जना कामी ९३ र अनेरास्ववियुका ८९ मत ल्याए। यस्तै कोषाअध्यक्षमा नेविसंघकि स्मृति कुमारी सिंह १३२ मत ल्याउदै विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियु शारदा बोहरा ९९ र अखिल क्रान्तिकारीका रमा कुमारी जोशीले ७० मत ल्याए। सदस्यमा नेविसंघका उम्मेदवारहरू विजयी भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार