सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता धनगढीमा सुरु

धनगढी : सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा आजदेखि धनगढीमा ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ सुरु भएको छ । प्रतियोगिताको उद्‌घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका छन् । सुदूरपश्चिमका नौवटै जिल्लाबाट सहभागी ७०० खेलाडी तथा प्रशिक्षक र निर्णायकसहित झण्डै ८०० जनाको उपस्थिति रहेको प्रतियोगिता भोलि २९ गतेसम्म सञ्चालन हुनेछ ।

उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार सीमित बजेटका बाबजुद पनि खेलकुद क्षेत्रमा लगानी बढाउँदै गएको उल्लेख गरे । उनले खेलकुदको विकास र प्रोत्साहनमा प्रदेश सरकार दृढ रहेको पनि बताए । समारोहमा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते खेलाडी ललित खत्रीलाई उत्कृष्ट पुरुष खेलाडी र अन्तर्राष्ट्रिय कराते खेलाडी वर्षा साउँदलाई उत्कृष्ट महिला खेलाडी घोषित गरिएको छ । त्यस्तै, बबरजङ्ग शाहीलाई उत्कृष्ट स्वयंसेवक प्रशिक्षकको रूपमा सम्मान गरिएको थियो भने कर्णबहादुर चन्दलाई ुलाइफ टाइम एचिभमेन्ट अवार्डु प्रदान गरिएको थियो।

Seti Hospital

चारै जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार