दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

काठमाडौं : कैलालीको अत्तरियामा स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ (नेविसंघ) प्यानलले विजय हासिल गरेको छ ।

सभापतिका लागि नेविसंघका उम्मेदवार भुवन महरा ४४१ मत प्राप्त गर्दै आफ्नो प्रतिद्वन्द्वी बम बहादुर विश्वकर्मालाई पछि पार्दै विजयी भए । विश्वकर्माले ३७८ मत प्राप्त गरेका थिए ।

Seti Hospital

यसअघि पनि सभापति पदमा रहेका महरा यसपटक दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । सचिव पदमा नेविसंघकी उम्मेदवार ज्योति साहुले ४७४ मत प्राप्त गर्दै विजयी भइन् । उनका प्रतिस्पर्धी गणेशनाथ योगीले ३२६ मत ल्याए ।

कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याएर आफ्नो प्रतिस्पर्धी दीपिका जोशीलाई ३५१ मतसहित हराए ।

यस निर्वाचनमा सदस्य पदमा पनि नेविसंघका उम्मेदवारहरू विजयी भएका छन् । बुधबार सम्पन्न भएको निर्वाचनमा कुल ८३१ मत खसेका थिए, जसमा नेविसंघको प्यानलले बहुमत प्राप्त गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार